प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौँ बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ । 

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूचीअनुसार  आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ । 

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : ०२ बजे