नागरिक उन्मुक्तिकाे आक्रोश : अब कानुन बनाएर रेशम चौधरीलाई फाँसीमै चढाइदिनू

काठमाडौं ।  रेशम चौधरीलाई देशका तीनै तहका अदालतले दोषी ठहर गरेपछि नागरिक उन्मुक्ति पार्टीले अब कानुन बनाएर फाँसीमा चढाइदिन भन्दै आक्रोश जताएकाे छ।

उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार एक वक्तव्य निकाल्दै अन्य सबै आन्दोलनलाई राजनीतिक ट्याग दिँदा थरुहट आन्दोलनको घटनालाई आपराधिक ठहर गरिएकोमा आपत्ति जनाएका हुन्। 

वरिष्ठ उपाध्यक्ष पण्डितले मधेश आन्दोलनसहितका क्रममा भएको घटनाको छानबिनका लागि बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने भए रेशमलाई फाँसीमा चढाइदिन भनेका हुन्। 

‘अब सरकारसँग हाम्रा माग मात्रै २ वटा माग छन्। पहिलो, सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ। सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनु पर्छ’, उनले भने, ‘दोस्रो, यदि रेशमलाल चौधरी लगायत राजबन्दी हत्यारा हुन् भने फाँसी दिने ऐन बनाएर रेशमलाई फाँसी दिए हुन्छ। यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन। हामी आन्दोलन गर्न विवश हुन्छौँ।’ 

उनले फैसल्ला विरुद्ध जेठ ३, ४, ५ गते देशव्यापी राँके जुलुश पदर्शन, कोण सभा गर्ने र जेठ ६ गते देखि १० सम्म ‘नेपाल बन्द’ गर्ने घोषणा गर्ने विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  २ : ०६ बजे