मुकेश कायस्थ सहिद घोषित

सरकारले विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाइ सहिद घोषणा गर्ने निर्णय गरेको हो। 

जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो।

बनेपाको विद्यासागर बोर्डिङ्ग स्कुलका विद्यार्थी मुकेशलाई गोलीका कारण पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल  गर्न सक्दैनथे। गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो। उनको गत वैशाख २८ गते निधन भएको थियो।   

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : १८ बजे