दलित गाउँका पहिलो शिक्षक

आइफोन उत्पादन गर्न फक्सकनले भारतमा ५० करोड डलरको लगानीमा प्लान्ट बनाउँदै

काठमाडौँ । एप्पल इंकको अफिसियल पार्टनर फक्सकन टेक्नोलोजी ग्रुपले स्थानी उत्पादन बढाउन भारतको तेलंगानमा नयाँ प्लान्ट लगाउँदै छ। यसका लागि ५० करोड अमेरिकी डलर लगानी हुने भएको छ। फक्सनले प्लान्ट लगाउँदा तेलंगाना राज्यमा रोजगारीको अवसर पैदा हुने बताइएको छ। पहिलो चरणमा कम्तीमा २५ हजार जनाले रोजगारी पाउने तेलंगाना नगर प्रशासन तथा सहरी विकासमन्त्री के।टी रामारावले जानकारी ट्विट गर्दै जानकारी दिएका छन्।

विश्वस्तरीय उत्पादन डेलिभरी गर्ने प्रतिबद्धता तेलंगाना सरकारसँग कम्पनीले संयुक्त बयान जारी गर्दै नयाँ प्लान्टमार्फत विश्वस्तरीय उत्पादन डेलिभरी गर्ने प्रतिबद्धता गरेका छन्। साथै, उक्त प्लान्ट तेलंगानामा फक्सकन इन्टरकनेक्ट टेक्नोलोजी सञ्चालनार्थ हबका रुपमा काम गर्नेछ। यसले भारतमा हाल हुने उत्पादन क्षमतालाई पनि बढाउने बताइएको छ।

यही महिनामा फक्सकन ग्रुपले बेंगलोर विमानस्थलनजिक जमिन पनि खरिद गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। कम्पनीले करिब ४ करोड डलरमा बेंगलोरमा जमिन खरिद गरेको छ। सो जमिनमा फक्सकन टेक्नोलोजी ग्रुपले म्यानुफ्याक्चरिङ प्लान्ट निर्माण गर्नेछ।

अमेरिका–चीनबीच बढ्दो तनावका कारण एप्पले आफ्नो म्यानुफ्क्याचरिङ ९उत्पादन० भारतमा केन्द्रित गर्न थालेको छ। भूमण्डलीकृत राजनीतिक तनाव र कोरोना महामारीपछि एप्पलसहित अन्य अमेरिकी टेक कम्पनी चीनबाट बाहिर निस्केर उत्पादन सुविधा विस्तार गरेका छन्।

एप्पलले सन् २०१७ देखि नै भारतमा आइफोनको स्पेसल इडिसन ९विशिष्ट संस्करण० उत्पादन सुरु गरेको थियो, जसमा फक्सकन, विस्ट्रन र पेगाट्रन गरी तीन इलेक्ट्रोनिक्स साझेदार छन्। स्पेसल इडिसनपछि कम्पनीले आइफोन ११, आइफोन १२, आइफोन १३ पनि उत्पदन गरको थियो।

आइफोनका तीनवटै साझेदार उत्पादककर्ता भारत सरकारको ४ खर्ब १० अर्ब भारुको प्रोडक्सन लिंक्ड इन्सेन्टिभ योजना ९पिएलआई० को हिस्सा हो। यो योजनापछि भारतमा आइफोन उत्पादन बढेको छ। सन् २०२० मा भारत सरकारले पिएलआई योजना जारी गरेपछि भारतबाहिरका कम्पनीले स्थानीय उत्पादनको फाइदा उठाएका छन्।

-स्वतन्त्र समाचार

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ३ : ३५ बजे