यस्तो छ आजको विनिमय दर

शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौ‌ँ । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछन् । 

जसअनुसार दुई वटा खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लक एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ ।

यसैगरी, दशरथ रङ्गशालामा दिउँसो ३ः०० बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । 

रङ्गशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो यूथ क्लब र चर्च ब्वाईज भिड्नेछन् । जुन खेल साँझ ६ः०० बजेबाट सुरु हुनेछ 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ८ : ४५ बजे