आजको मौसम: कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा पानी पर्ने

काठमाडौँ । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र  बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

राती भने कोसी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनुका साथै पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने  क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : १४ बजे