यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

उदयपुर सिमेन्ट उद्योगको बिजुली काटियो, ३६ करोड बुझाउन बाँकी

उदयपुर । उदयपुर सिमेन्ट उद्योगको बत्ती काटिएको छ । 

बिद्युत् प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाएपछि आइतबारबाट बिद्युत् काटिएको हो । बिद्युत् काटिएपछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलता परको छ । 

नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्ती समेत काटिएपछि उद्योग थप सङ्कटमा परेको छ । 

उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साताअघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिएपछि आइतबारबाट बिजुली काटनु परेको जानकारी दिनुभयो। 

‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहँदै आएको थियो तर सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौँ । तर, पूर्ण रूपमा बिद्युत्लाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौँ’ उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १० : ३२ बजे