नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ  । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । 

आइतबार साँझ पक्राउपछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ, लैजान लागिएको हो । 

 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ८ : १२ बजे