एमाले केन्द्रीय समिति बैठक आज पनि, अध्यक्ष ओलीले जवाफ दिनुहुने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । 

बिहीबारदेखि सुरु भएको एमालेको चौथौँ केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

शुक्रवार बसेको बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ-आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुभएको थियो । सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल सुरु गरिएको थियो । 

आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ६ : ४५ बजे