अमेरिका पठाइ दिन्छु भन्दै १५ लाख रुपैयाँ लिएर फरार

काठमाडौं – रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभनमा लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार कालीमाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शाक्यले पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै पटकपटक गरी १५ लाख रुपैयाँ लिएर फरार थिए । उनी रकम बुझेर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । उजुरीका आधारमा खोजतलास गर्दा शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : ३४ बजे