एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकअन्तर्गत दोस्रो दिनको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिनको बैठक सुरु भएको हो । आजको बैठकमा मिसन ग्रासरुट अभियानअन्तर्गत पाँच वटा प्रदेशका बाँकी प्रतिवेदन पेस हुनेछन् ।

जसमध्ये गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले प्रतिवेदन पेस गर्नुहुनेछ ।  

प्रतिवेदनमाथि समूह विभाजन गरी आजै छलफल हुने एमालेले जनाएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ०४ बजे