एमाले स्थायी कमिटी बैठक सर्‍यो, अब शनिवार बस्ने

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथि हुन गइरहेको समूहगत छलफल नसकिने देखिएपछि बैठक शनिवारका लागि सारिएको हो । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोलि बस्ने र त्यसपछि मात्रै केन्द्रीय समिति बैठक बस्नेछ । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ०६ बजे