एमाले स्थायी कमिटी बैठक बस्दै, आगामी कार्य योजनाको प्रस्ताव तयार गर्ने 

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । 

स्थायी कमिटी बैठक आज आज केन्द्रीय पार्टी कार्यालय च्यासलमा अपराह्न ३ः०० बजे बस्ने भएको हो । 

केन्द्रीय कमिटीको बैठकमा प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्य योजनाको प्रस्ताव तयार गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

एमालेको केन्द्रीय कमिटी बैठक बिहीबारदेखि जारी छ । केन्द्रीय कमिटीको बैठकमा ५ प्रदेशका बाँकी रिपोर्ट प्रस्तुतिपछि ८ समूहमा छलफल हुने र त्यसपछि प्रदेशका तर्फबाट कार्ययोजना पेस हुनेछ । 

उक्त कार्ययोजनालाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बस्न लागेको रिमालले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ४३ बजे