आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ । शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुदैँछन् ।  

बिहीबार एक मात्र खेल भएको ए डिभिजन लिगमा आज तीन खेल हुन लागेको हो । जसअनुसार दुई वटा खेल दशरथ रङ्गशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।  

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पहिलो खेल सङ्कटा क्लब र नेपाल पुलिस क्लबबचि हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ६ बजेबाट सोही रङ्गशालामा हुनेछ । जुन खेलमा न्युरोड टिम र खुमलटार बिच प्रतिस्पर्धा गर्नेछन् ।

उता, एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।  

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : २५ बजे