दलित गाउँका पहिलो शिक्षक

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प

नुकुआलोफा । टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले  उल्लेख गरेको छ।टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो ।

भूकम्प १६:०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ ।

अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन्।
 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  १ : ४० बजे