साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फिल्म हेरेरै कमाउनुहोस १ हजार डलरको पुरस्कार

लसएन्जल्स । तपाईं फिल्म हेरेरै १ हजार डलर पुरस्कार कमाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरिस’को सबै भाग हेर्नुहोस् । तपाईंले १ हजार डलर पुरस्कार पाउनुहुनेछ ।

‘फास्ट एण्ड फ्यूरियस’ सिरिजको ‘फास्ट एक्सफास्ट एक्स १९’ मे १९ मा रिलिज हुँदैन । फाइनेन्स बज नामको एक वेबसाइटले यो फिल्मका लागि एउटा अफर ल्याएको छ । वेबसाइटले ल्याएको ‘फास्ट एण्ड फ्युरियस क्लेज एडजस्टर’ नाम दिएको अफरमा तपाईंले ‘फास्ट एण्ड फ्युरियस’ सिरिजको सबै भाग हेर्नुपर्नेछ ।

वेबसाइटले फिल्ममा हुने कार दुर्घटनाबाट भएको नोक्सानलाई ‘ट्रयाक’ गर्नका लागि यो अफर ल्याएको हो । अफरमा सहभागी प्रतियोगीले फिल्ममा हुने सबै कार दुर्घटनलाई गम्भीरतापूर्वक नोट गर्नुपर्नेछ । फिल्ममा कुन कार राखिएको छ र त्यसको कति नोक्सान भएको छ भन्ने कुरा पनि नोट गर्नुपर्नेछ ।

‘१९ मेमा हुने ‘फास्ट एक्स’को रिलिज अघि हामी ‘फास्ट एण्ड फ्युरियस’को सबै १० फिल्म हेर्नका लागि हामी खोजी गरिरहेका छौं । यो करिब २० घण्टाको हुनेछ । यो फिल्म हेरिरहँदा तपाईंले सबै कार दुर्घटनाको क्षतिको ट्रयाक गर्नुपर्नेछ । हाम्रो टिम फ्रेञ्चाइजीको लापरवाही ड्राइभिङको इन्स्यूरेन्स इम्प्याक्टको अनुमान लगाउनका लागि एक तथ्यांक प्रयोग गर्नेछौं’, वेभसाइटले भनेको छ ।

वेबसाइटले प्रतियोगीलाई प्रति भाग सय डलर भुक्तान गर्नेछ । यो अफर अहिलेका लागि अमेरिकामा रहेका दर्शकका लागि मात्र छ । फिल्ममा विजन डिजल, जेसन स्टसेहेम, ड्वेन जोनसनलगायतको अभिनय छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ४ : ३८ बजे