‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ,अज्ञात स्थानमा लगियाे

कराची । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको

पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।  

आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो ।

इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अलकादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्। इस्लामाबाद पुलिसले धारा १४४ अनुसार कारबाही हुने बताइएको छ। 

पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो। वकिल र सर्वसाधारणलाई यातना दिइयो। इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन्। इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएका छन्।’

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ४ : ३५ बजे