यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

दाेहाेराे अंकले बढ्यो सेयरबजार

काठमाडाैं  । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर घटेकाे बजार तेस्राे काराेबारकाे दिन भने दाेहाेराे अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज १८४४.३६ बिन्दुमा बन्द भएको छ । आज २८ लाख ३६ हजार १३९ कित्ता सेयर किनेबेच हुदाँ ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १६१ कम्पनीको सेयरमूल्य बढेको छ । ५० कम्पनीको सेयरमूल्य घटेको छ भने ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिनपिपुल्स पावर कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ३० बजे