१४ बर्षीया बालिकामाथि दुष्कर्म गर्ने ५४ वर्षीय विक पक्राउ

उदयपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ०२ बजे