काठमाडौँ –आज सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै प्रतितोला सुनको मूल्य १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३ सय रुपैयाँले वृद्धि भएको हो ।
यस्तै आज तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार ११ : २८ बजे
प्रतिक्रिया