बाढीको स्थितिमा सुधार

टुकुचा खोला र बहाव क्षेत्रको लगत कट्टा गर्न मन्त्रालयलाई महानगरको पत्र

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाएको छ।

उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्यो माथि व्यक्तिगत सम्पत्ति रहेको आदेश दिएपछि सोमबार महानगरपालिकाले खोलामाथि पर्ने लगत कट्टाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयमा पत्र लेखेको हो । मेयर बालेन्द्र साह(बालेन)ले निर्णय गर्दै मन्त्रालयमा पत्र काट्नुभएको हो ।

‘हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारवाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ। 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ४ : ३६ बजे