यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

 एक हजार दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा एकै दिन एक हजार दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ । 

गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि पनि चाँदीको खरिदबिक्री सोही मूल्यमा भएको थियो । 

 

 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ११ : ४४ बजे