आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

छैटौँ  जित निकाल्ने योजनासहित मैदानमा उत्रन लागेको मच्छिन्द्र १४ खेलमा २१ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ भने समान १४ खेलबाट १९ अङ्क जोडेर नवौँ स्थानको एपीएफ पनि छैटौँ जितका लागि मैदानमा उत्रदैँछ ।  

यसैगरी, एन्फा कम्प्लेक्समा सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुनेछ। सो खेल पनि दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

पाँचौँ जित निकाल्ने उद्देश्यसहित मैदानमा उत्रन लागेको सङ्कटा १४ खेलमा १६ अङ्क जोडेर १३ औँ स्थानमा छ भने समान १४ खेलबाट २० अङ्क जोडेको आगामी छैटौँ स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ५१ बजे