सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा)को बर्खे अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे बमोजिम अधिवेशन आज अपराह्न ४ः०० बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ । 

सङ्घीय संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने तालिका छ । 

त्यसैगरी, आजको बैठकमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने तालिका छ । 

त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्ने कार्य तालिका छ । 

बैठकको अन्तिममा अर्थमन्त्री डा प्रकाश शरण महतले, ‘आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । 

आज बसेको सत्ता गठबन्धनको बैठकमा सरकारको आगामी बजेट र नीति तथा कार्यक्रमसम्बन्धी छलफल भएको थियो । यस अधिवेशनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम आय व्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ । 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : ५८ बजे