‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’ अन्त्य भएको घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’ को अवस्था अन्त्य भएको जनाएको छ ।

सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाइएको छ । तीन वर्षअघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा सङ्कटग्रस्त अवस्था बनाएको समेत डब्लुएचओले जनाएको छ । 

अधिकारीहरूले भने कि भाइरसको मृत्यु दर जनवरी २०२१ मा प्रतिहप्ता १ लाखभन्दा बढी व्यक्तिमा देखा परेको थियो भने अहिले त्यो घटेर ३५०० मा आइपुगेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले यो महामारीमा कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताउनुभयो ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : १५ बजे