यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठुलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेनटाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा काँकडभिट्टा नाकाबाट एक लाख ८० हजार आठ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ ।

भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा रु दुई अर्ब ६२ करोड ६३ लाख ५३ हजार मूल्य बराबरको एक लाख ४७ हजार छ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ । 

सोही अवधिमा रु एक अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार एक सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेनटाइनले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ६ : ५२ बजे