बाढीको स्थितिमा सुधार

भारतबाट भित्र्याइएका अवैध कुखुरा नष्ट

कञ्चनपुर – कञ्चनपुरमा भारतबाट अवैध रुपमा भित्र्याइएका कुखुरा नष्ट गरिएको छ ।

बेलौरीबाट प्रहरीले भारतीय अबैध बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको हो । बिहीबार राती इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले वडा नम्बर ६ विद्यानगरबाट अवैध बोइलर कुखुरा बरामद गरेको थियो ।

बेवारिसे अवस्थामा झण्डै एक सय ३० किलोग्राम भारतीय बोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ । बरामद गरिएका २६ हजार मुल्य बराबरका ५१ वटा कुखुरालाई पशु क्वारेनटाइन बेलौरी, जनप्रतिनिधि, स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : २७ बजे