सेनिटरी प्याडमा लुकाएर लागुऔषध तस्करी, पक्राउ परे दुई युवती

काठमाडौं। सेनिटरी प्याडमा लुकाएर लागुऔषध तस्करी गरेको आरोपमा दुई युवतीलाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भएकी २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ छन्।

उनीहरुलाई बिहीबार झापाको भद्रपुरस्थित विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : ४२ बजे