‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

झण्डा च्यातिदिएपछि युक्रेन सांसदले हाने रुसी कूटनीतिज्ञमाथि मुक्का

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धले दुई देशबीचको तनाव चरम उत्कर्षमा पुगेको छ । यस क्रममा उनीहरुका कूटनीतिक प्रतिनिधिहरुबीच सार्वजनिक रुपमै हातपातमा उत्रिएका छन् । 

रुस र युक्रेनबीचको तनाब कुन हदसम्म पुगेको छ भन्ने सङ्केत टर्कीको राजधानी अंकारामा एउटा घटनाले पुष्टि गरेको छ । अंकारामा भएको ब्ल्याक सी इकोनोमिक कम्युनिटीको बैठकमा रुस र युक्रेनका प्रतिनिधिहरुबीच हानाहान भएको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा बैठकमा राखिएको युक्रेनको च्यातेका रुसी कुटनीतिज्ञलाई युक्रेनका सांसदले मुक्का प्रहार गरेको देखिन्छ ।  युक्रेन र रुसका प्रतिनिधिहरुबीच भएको यो झडपको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा युक्रेनी सांसद ओलेक्जेन्डर मारिकोभस्की आफ्नो देशको झण्डा लिएर उभिएको देखाइएको छ । यसैबीच, एक रुसी प्रतिनिधि पछाडिबाट आएर युक्रेनी झण्डा लिएर गए। यो देखेर युक्रेनी प्रतिनिधि रिसाएर रुसी प्रतिनिधिको पछि लागे र उनको अनुहारमा मुक्का प्रहार गरे । तर, दुवैलाई सहभागी अन्यले रोकेका थिए । 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : ३९ बजे