सिम्रिक एयर हेलिकप्टर दुर्घटना : हाम्फालेर जोगिए दुईजना : पाइलटसहित गम्भीर घाइते दुईजनालाई काठमाडौं ल्याइँदै

काठमाडौँ । संखुवासभाको भोटखोलामा भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइँदै छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, हम्मरेडाँडामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जना घाइते भएका थिए ।

सिम्रिक एयरका प्रमुख बजार अधिकृत योगेश सापकोटाका अनुसार दुर्घटनामा घाइते भएका सिम्रिकका क्याप्टेन तथा चिफ पाइलट सुरेन्द्र पौडेलसहित घाइतेहरूलाई काठमाडौं ल्याइँदैछ । 

 गम्भीर घाइते दुईजनालाई नेपाली सेनाले सिम्रिक एयरको हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल  काठमाडौं ल्याइरहेको हाे ।

घटनास्थल रहेको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास गुरुङले थप दुईजनालाई सामान्य चोटपटक लागेको बताउनभयाे ।गुरुङका अनुसार हेलिकोप्टरमा पाइलट पौडेलसहित टिम मेम्बर छिरिङ भोटे, स्थानीय भविन गुरुङ र विक्रम (थर नखुलेकाे) स्थानीय सवार थिए । भाटे र विक्रमले हेलिकोप्टरबाट हाम्फालेर ज्यान जोगाएको गुरुङले जानकारी दिनुभयाे । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : २२ बजे