सिम्रिक एयर दुर्घटना अपडेट, पाइलट घाइते

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्। हेलिकप्टरमा पाइलटसहित ४ जना सवार रहेको पाइएको छ ।दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल र २ यात्रु सकुशल रहे पनि एकजना गम्भीर घाइते भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयाे । 

संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीयपनि घाइते छन्। 

​​​​​​​

गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।

अरुण तेस्रोको सामान पुर्‍याएर फर्किँदै गरेको हेलिकप्टर शुक्रवार दिउँसो १:१८ बजे संखुवासभामा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  २ : ४९ बजे