पूर्व मन्त्री रायमाझीका छोरालाई काठमाडौँ ल्याइयो, केही बेरमा अदालत लगिँदै

काठमाडौँ । पूर्व मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइएको छ ।

नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दिपलाई आज बिहान काठमाडौँ ल्याइएको हो ।

काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौँ ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौँमा पेस गरेर अनुसन्धानका लागि म्याद लिइनेछ । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । बुधवार सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ५३ बजे