मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन आज बेलायत जाँदै

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ आज बिहान ११ः०० बजे बेलायत प्रस्थान गर्नुहुनेछ । 

सो अवसरमा उहाँ अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनुहुनेछ ।  परराष्ट्र मन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ४० बजे