आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाल प्रहरीका ६ क्रिकेट खेलाडीलाई प्रहरी महानिरीक्षकको सम्मान

काठमाडौँ । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान गरेको छ। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत ६ जना क्रिकेट खेलाडीलाई सम्मान गर्नुभएको हो। 

एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली क्रिकेट टिमका नेपाल प्रहरीका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् करण केसी र गुल्सन झालाई विशेष समारोहका बीचमा सम्मान गरिएको हो  । 

खेलकुद समितिका अध्यक्ष समेत रहनुभएका महानिरीक्षक कुँवरले नेपाली क्रिकेटलाई एसियाली कपमा पुर्‍याउन योगदान गरेको भन्दै खेलाडीहरूलाई प्रशंसा पत्र तथा नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ८ : १० बजे