बुटवलबाट पक्राउ परेका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा पेस गरिँदै

काठमाडौँ  । पूर्व मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । 

नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका हुन । आजै उनलाई अदालतमा पेस गरिने भएको छ । 

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् । 

त्यस्तै, पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्  । उनीमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ ।   

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ८ : ०२ बजे