दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

शिक्षाको गुणस्तर सुधार भए पहाडी जिल्लाको बसाइँसराई रोकिन्छ : सभामुख घिमिरे

अर्घाखाँची । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइँसराइ नरोकिने बताउनुभएको छ । 

उहाँले पहाडी जिल्लाबाट गुणस्तरीय शिक्षाका नाममा तराई तथा सहरी क्षेत्रमा बसाइँसराइ भएको भन्दै बसाइँसराइ रोक्नका लागि शिक्षाको गुणस्तर सुधार गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भौतिक पूर्वाधार र सडक विस्तारले पूर्णता पाए पनि शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्न स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले जोड दिनुपर्ने बताउनुभयो । 
 
शिक्षा, स्वास्थ्यको सुधारसँगै कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो । उद्योगधन्दा जिल्लामा नभएसम्म बेरोजगार समस्याको हल नहुने उल्लेख गर्दै उहाँले युवाको बढ्दो वैदेशिक पलायन रोक्नुपर्ने बताउनुभयो । 
 
विद्यालयको हीरक महोत्सव समारोहमा विद्यालय स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षाप्रेमी तथा अभिभावक, पूर्वशिक्षक, चन्दादातालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा सांसद टोपबहादुर रायमाझी, बिजुला रायमाझी, पूर्व उपसभामुख पुष्पा भुसाल, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ, नेकपा (एमाले०का अध्यक्ष पीताम्बर भुसाल, नेकपा (माओवादी केन्द्र) का रामलाल पराजुली, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : ५१ बजे