अनुमतिबिना झलनाथको गाडी एयरपोर्ट भित्र प्रवेश, प्राधिकरणले सोध्यो स्पष्टिकरण

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालको गाडी बिना अनुमति एयरपोर्ट भित्र (आन्तरिक एप्रोन) सम्म प्रवेश गरेको छ ।

मंगलबार ७ः१५ बजे पूर्वप्रधानमन्त्री खनाललाई लिन उहाँको गाडी बिना अनुमति एयरपोर्ट भित्र प्रवेश गरेको थियो ।

बिना अनुमति आन्तरिक एप्रोनमा गाडी लिन गएको विषयमा पर्यटनमन्त्री सुदन किराँतीले छानबिन गरिने बताउनुभएको छ ।  मन्त्री  किराँतीले यो ‘नेशनल सेक्युरिटी’ सँग जोडिएको गम्भीर विषय भएको बताउँदै यसबारे छानबिन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो – ‘कानून सबैका लागि बराबर हुन्छ, को ठूलो को सानो भन्ने हुँदैन ।’

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले बिना अनुमति आन्तरिक एप्रोनसम्म प्रवेश गरेको गाडीको विषयमा नेपाल राजपत्र (मिति ५ साउन २०७१) को खण्ड ६४ मा उल्लेख भए बमोजिमको प्रावधान पालना भए/नभएको स्पष्ट खुलाई स्पष्टिकरण समेत सोधेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : ३५ बजे