काठमाडौँ । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्र नवीकरण नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको हो ।
अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति पनि हस्तान्तरण गर्न भनिएको छ । ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमति पत्र प्राप्त संस्था श्री स्मार्ट टेलिकम प्रा.ली., कुमारी पाटी, ललितपुरले अनुमति पत्र (अनुमति पत्र नं. BTSL-01 ) नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेस नगरेकोले उक्त अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५)बमोजिम स्वतः खारेज भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘साथै, उक्त सेवाका सम्बन्धमा अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सूचित गरिएको छ ।’
प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ९ : ०२ बजे
प्रतिक्रिया