हिम पहिरोमा बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु

दार्चुला । हिम पहिरोमा परि बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु गरिएको छ ।

हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिम पहिरोमा परी बेपत्ता भएको बिहानैदेखि खोजी सुरु गरिएको हो । दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् ।

यार्सा टिप्न गएका उनीहरू मध्ये दार्चुलाको भोलिङमा आएको हिम पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरूमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरालगायत रहेका छन् ।

हिम पहिरो खसेको खबर पाए लगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीले मङ्गलवारदेखि नै उद्धार सुरु गरेको थियो तर ६ जनाको अबेरसम्म अवस्था थाहा हुन सकेको थिएनन् । 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार खोजी कार्य रोकिएको थियो तर आज आज बिहानबाट पुन खोजी सुरु गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ४६ बजे