आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ ।    

उहाँले विजेता नेपाली टिमका खेलाडीहरूलाई शुभकामना दिनुहुँदै आजको यो जितले नेपाल र नेपालीको शिर उँचो बनाएको र क्रिकेट खेल प्रेमीहरूलाई खुसी तुल्याएको जनाउनुभएको छ । 

पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ ।   

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको थियो । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  २ : १७ बजे