बाँकेको नेपालगञ्ज नाका ४८ घण्टा बन्द हुने

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नाका ४८ घण्टा बन्द हुने भएको छ ।

भारतको सीमावर्ती दुई जिल्लामा हुन थालेको स्थानीय निर्वाचन हुन लागेका कारण नेपालगञ्ज नाका ४८ घण्टा बन्द हुन लागेको हो 
 
उत्तर प्रदेशको श्रावस्ती र बहराइच जिल्लामा २१ गते हुन थालेको नगर निकाय निर्वाचनका कारण आज १९ गते साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपालगञ्ज नाका शील हुने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो । 

चुनावको बेलामा आपराधिक गतिविधि हुन सक्ने भन्दै सीमावर्ती जिल्लाका अधिकारीले नेपाल र भारतमा चुनाव हुँदा नाका बन्द गर्ने गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : २८ बजे