आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियर कप : नेपाल विजयी, अब भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौँ – ​​​​​​​एसिसी प्रिमियर कपको च्याम्पियन नेपाल बनेको छ।

मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको गुमाएर लक्ष पुरा गरेको थियो ।

एसिसी प्रिमियर कपको च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। अब नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।

नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गर्दै ६७ रन जोडे भने भीम सार्कीले ३६ रन जोडे। दुई जना खेलाडी मिलेर ९६ रनको साझेदारी गर्दै नेपाललाई विजयी गराएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ११ : ५८ बजे