आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियर कप फाइनल : गुल्सन झाले नेपालको खेललाई लयमा ल्याउँदै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले लयमा फर्किन खोज्दै छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले खेललाई लयमा ल्याउने प्रयास गरिरहेका छन् ।  

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा निराश भएका घरेलु दर्शकलाई गुल्सन झाले आशा जगाएका छन् । उनले ५३ बलमा तीन चौका र चार छक्काको मद्दतमा ४६ रन जोडेका छन् । 

नेपालले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६६ रन जोडेको छ । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ११ : १५ बजे