बीस वर्षीया युवती आफ्नै घरमा मृत फेला

बाँके – बाँकेको कोहलपुरमा २० वर्षीया युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । कोहलपुर २ बर्दहवामा २० वर्षीया युवती प्रिती थारु गए राति करिव १२ बजेतिर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

युवती मृत अवस्थामा फेला परेको घटना शंकास्पद रहेको भन्दै प्रहरीले मृतकका श्रीमान्, ससुरा  र जेठाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ५८ बजे