काठमाडौँ । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रामक रूपमा उत्रिएको छ ।
नेपालले युएईविरुद्ध चौथो विकेट पनि लिन सफल भएको छ ।
नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै युएईको चौथो विकेट लिएका हुन । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यससँगै युएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर युएई नेपालसँग भिड्न आइपुगेको हो ।
नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।
प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १० : ०६ बजे
प्रतिक्रिया