दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

 काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ ।

नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्। 

शनिवार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो। 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : २९ बजे