दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

उपचारपछि कांग्रेसका नेता भण्डारी फर्किए स्वदेश

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी  स्वदेश फर्किनु भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछिभण्डारी आइतबार स्वदेश फर्किनु भएको हो ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किनु भएको हो ।

पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उहाँ बोल्ने र हिँड्ने गर्न थाल्नु भएको छ । नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानु हुने छ ।

आगलागीमा परी सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ०९ बजे