दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

    सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।

    खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । जाउलाखेलको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७३औँ मिनेटमा सङ्कटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अङ्क जोडेको छ । जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १३  खेल नै खेलको सङ्कटा १६ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ । 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ०१ बजे