साफ यू–१७ च्याम्पियनसिप आजदेखि

थुनिएको अरुण नदीको पानी पहिरोकै माथिबाट बग्न थाल्यो

संखुवासभा । सुक्खा पहिरोले थुनिएको अरुण नदीको पानी बग्न थालेको छ । निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् निर्माणस्थल सङ्खुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर बिहानदेखि नदी थुनिएको थियो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार अरुण थुनिएको ठाउँमा पानी केही मात्रामा जमेको र पहिरोकै माथिबाट पानी बग्न थालेको छ । पानी बग्न थालेकाले जोखिम नरहेको र अवस्था सामान्य रहेको पनि उनको भनाइ छ । पहिरोका कारण अरुण तेस्रोको ड्याम साइडको काम रोकिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ३ : ३६ बजे