नेपालगञ्ज । बाँकेको कोहलपुरमा पाँच जनामा डेंगु संक्रमण देखिएको छ । नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका मध्ये ५ जनामा डेंगु संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार डेंगु संक्रमण पुष्टि भएकाहरुमा १ जना पुरुष र ४ जना महिला छन् । कोहलपुर नगरपालिका वडा नम्बर २ का २ जना तथा वडा नम्बर ५, ११ र १४ का १/१ जना गरी ५ जनामा डेंगु संक्रमण देखिएको हो ।
उनीहरु सबैमा लक्षण/चिन्ह देखिएको छ । संक्रमित विरामीहरुको अस्पतालको निगरानीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार १ : ५३ बजे
प्रतिक्रिया